जोडिनुहोस
  • होमपेज
  • सोलुखुम्बुबाट अशोक झासहित ४ जना तरुणको तदर्थ समितिमा मनोनित

सोलुखुम्बुबाट अशोक झासहित ४ जना तरुणको तदर्थ समितिमा मनोनित

काठमाडौं – नेपाल तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झासहित सोलुखुम्बुका चार जना नेपाल तरुण दल केन्द्रीय तदर्थ कार्य समिति सदस्यमा मनोनित भएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहको तरुण दलको तदर्थ समितिमा गए राति मनोनित गरिएको चार सय सदस्यमा सोलुमुम्बुबाट चार जना मनोनितमा परेका हुन् ।

सोलुखुम्बुबाट मनोनित हुनेमा अशोक झा, नविन थापा, पोष कुमार बास्तोला (पुस्कर) र अस्विनबाबु थापा रहेका छन् ।

तरुणहरुबीच निकै लोकप्रीय नेता मानिएका अशोक झा सोलुखुम्बु कांग्रेसमा उर्जाशील नेताका रुपमा चिनिन्छन् । उनी दोस्रो कार्यकाल तरुण दल जिल्ला अध्यक्ष निर्वाचित भएका हुन् । झा पार्टीको १३ औं महाधिवेशनदेखि निरन्तर महाधिवेशन प्रतिनिधिसमेत निर्वाचित हु“दै आएका छन् ।

गत २०७८ साल चैत ९ गते विद्वान गुरुङलाई तरुण दलको अध्यक्ष तोकेको कांग्रेसले अहिले सातै प्रदेशबाट सदस्यहरू मनोनयन गरेको हो ।

हेरौं सूची

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका