जोडिनुहोस
  • होमपेज
  • मनाङ र मुस्ताङमा पानीसमेत जम्न थाल्यो

मनाङ र मुस्ताङमा पानीसमेत जम्न थाल्यो

काठमाडौँ । चिसोले हिमाली जिल्ला मनाङ र मुस्ताङका माथिल्ला भेगका बस्ती रित्तिँदै गएका छन् । चिसो छल्न गाउँलेहरू धमाधम सहरतिर झरिरहेको स्थानीयले बताएका छन् । तापक्रम निकै नै ओरालो लाग्दै जाँदा खोलानालाको पानीसमेत जम्न थालेको छ । चिसोले जमेपछि पाइपको धारामा पानी आउन छाडेको छ । हिमाली जिल्ला मनाङमा रातिको तापक्रम माइनस १७ डिग्रीसम्म ओर्लेको छ ।

मनाङ सदरमुकाम चामेसमेत यतिबेला सुनसान बन्दै गएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार अहिले सदरमुकाम चामेको तापक्रम रातिको समयमा माइनस १७ डिग्रीमा झर्ने गरेको छ । दिउँसोमा भने तापक्रम शून्यमा भरेको छ । चिसो अधिक बढेको छ । रातिको तापक्रम माइनस १७ डिग्रीमा झर्ने गर्छ,ु लामिछानेले भने, दिउँसोमा भने केही न्यानो हुन्छ । दिउँसोको समयमा घाम लाग्दा केही न्यानो त हुन्छ तर लामो समय घाम लाग्दैन । उनका अनुसार मुहानमा जमेपछि पाइपबाट पानी आउनै छाडेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका