जोडिनुहोस
  • होमपेज
  • कर्णाली प्रदेशसभा बैठक आइतबारसम्मका लागि स्थगित

कर्णाली प्रदेशसभा बैठक आइतबारसम्मका लागि स्थगित

सुर्खेत । कर्णाली प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिव जीवराम बुढाथोकीले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।

प्रदेशसभाको अर्को बैठक आगामी असार १७ गते आइतबार बस्ने सचिव बुढाथोकीले जानकारी दिएका छन् ।

यसअघि बुधबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कर्णालीको संसद् अवरुद्ध गरेको थियो । बजेट पैतृक सम्पत्ति जसरी बाँडेको भन्दै एमालेले संसद्मा अवरोध गर्दै आएको छ ।

आज पनि एमालेले अवरोध गर्ने भएपछि बैठक स्थगित गरिएको बताइएको छ ।

kk

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका