जोडिनुहोस
  • होमपेज
  • प्रहरीले कार चालकको हत्या गरेपछि फ्रान्समा भड्कियो हिंसा, १५० प्रदर्शनकारी पक्राउ

प्रहरीले कार चालकको हत्या गरेपछि फ्रान्समा भड्कियो हिंसा, १५० प्रदर्शनकारी पक्राउ

पेरिस । फ्रान्समा गत मंगलबारदेखि भड्किएको दंगा अझै नियन्त्रणमा आउन सकेको छैन । गत मंगलबार फ्रान्सको राजधानी पेरिसको उपनगर नान्तेरेमा १७ वर्षीय नाहेललाई प्रहरीले ट्राफिक सिग्नलमा रोक्न नसके पछि गोली हानी हत्या गरेपछि फ्रान्समा दंगा भड्किएको हो ।

गोली चलाउने अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । सो घटनापछि फ्रान्समा हिंसा जारी छ । बुधवार अबेरदेखि पेरिसको सडकमा सयौं मानिसले प्रदर्शन गरिरहेका छन् ।

बीबीसीका अनुसार प्रदर्शनकारीहरूले धेरै भवन र कारमा आगजनी गरेका छन् र प्रहरीमाथि घरेलु बमसमेत प्रहार गरेका छन । फ्रान्सको आन्तरिक मन्त्रालयले सडकमा २ हजार प्रहरी तैनाथ गरेको छ । अहिलेसम्म १५० प्रदर्शनकारी पक्राउ परेका छन् ।

गत मंगलबार दुई पुलिस अधिकारीहरूले नान्तेरेको सडकमा पहेंलो कार रोके। झगडाका क्रममा प्रहरी अधिकृतले पेस्तोल निकालेर चालक नाहेलको टाउकोमा गोली हानेका थिए । चालकले कारलाई तीव्रता दिएका थिए जुन केही टाढा गएपछि दुर्घटनामा परेको थियो। उनको घटनास्थलमै मृत्यु भयो ।

सो घटनालालाई फ्रान्सका राष्ट्रपतिले आकस्मिक बैठक बोलाएका छन् । म्याक्रोनले भने, ‘यो घटनाले सिंगो देश स्तब्ध भएको छ। यसरी युवाको हत्यालाई कुनै तर्कले औचित्य दिँदैन ।’

फ्रान्सका सांसदहरूले बुधबार राष्ट्रिय सभामा एक मिनेट मौन धारण गरेका थिए । प्रधानमन्त्री एलिजाबेथ बोर्नले भनिन्, ‘गोलीबारीको यो घटना स्पष्ट रूपमा नियमको उल्लङ्घन हो।’

पीडित परिवारले घटनामा संलग्न अधिकारीविरुद्ध ज्यान मार्ने, सहयोग र दुव्र्यवहार गरेको आरोपमा उजुरी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका