जोडिनुहोस
  • होमपेज
  • वेस्ट इन्डिज पहिलो पटक विश्वकपबाट बाहिर

वेस्ट इन्डिज पहिलो पटक विश्वकपबाट बाहिर

काठमाडौं । समान दुई पटकको एकदिवसीय तथा टी-ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिज आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकपमा नहुने भएको छ ।

जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोटको सुपर सिक्समा स्कटल्यान्डसँग ७ विकेटले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ ।

वेस्टइन्डिज कुनै पनि फम्र्याटको विश्वकपमा पहिलो पटक नदेखिने भएको छ । सन् १९७५ देखी सुरु भएको एकदिवसीय विश्वकपमा वेस्टइन्डिज २०१९ सम्मको १२ वटा प्रतियोगितामा सामेल रहदै आएको थियो ।

१९७५ र १९७९ को सुरुआती दुई संस्करणको वेस्टइन्डिज च्याम्पियन समेत हो । १९८३ को संस्करणमा उपविजेता बनेको थियो । त्यसपछि भने वेस्ट इडिजले विश्वकपको फाइनल खेल्न सकेको थिएन । तर, १३ औं संस्करणका लागि भने वेस्ट इन्डिज छनोटबाटै बाहिरिएको हो ।

आगामी अक्टोबर देखि नोभेम्बरसम्म भारतमा हुने १३ औं संस्करणको एकदिवसीय विश्वकपमा पहिलो पटक वेस्ट इन्डिज हुने छैन ।

२००७ देखी सुरु भएको टी-ट्वान्टी विश्वकपमा वेस्ट इन्डिजले सबै संस्करण खेल्दै आएको छ । वेस्ट इन्डिजले २०१२ र २०१६ मा टी-ट्वान्टी विश्वकपको उपाधी समेत जितेको थियो । त्यस्तै यू-१९ विश्वकपमा पनि वेस्ट इन्डिजले सबै संस्करण खेल्दै आएको छ ।

पहिलो खेलमै सुपर सिक्समा स्कटल्यान्डसँगको हारले बाहिरिएको हो । सुपर सिक्समा वेस्टइन्डिजले अव श्रीलंका र ओमानसँग खेल्न बाँकी छ ।

यी दुई टोलीलाई हराउँदा ४ अंक हुन्छ । तर सुपर सिक्समा समान दुई खेल खेल्न बाँकी रहेका श्रीलंका र जिम्बावेको ६-६ अंक हुँदा वेस्टइन्डिज बाहिरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका