जोडिनुहोस
  • होमपेज
  • इमर्जिङ कप खेल्न जाने नेपाली क्रिकेट टोलीकाे विदाई

इमर्जिङ कप खेल्न जाने नेपाली क्रिकेट टोलीकाे विदाई

काठमाडौं । श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरेको हो ।

इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुँदैछ । टोली आजै श्रीलंका प्रस्थान गर्ने छ । नेपाल रहेको समूह बी मा पाकिस्तान ए, भारत ए र यूएई छन् ।

नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल जुलाई १७ मा भारत ए सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ । श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान समूह ए मा छन् ।

यसअघि टोलीमा समावेश गरिएका आरिफ शेखले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएपछि उनको ठाउँमा पवन सर्राफलाई टिममा राखिएको नेपाली टोलीका मुख्य छनोटकर्ता दिपेन्द्र चौधरीले जानकारी दिएका छन् ।

टिममा देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोराले स्थान बनाएका छन् ।

यस्तै रोहितकुमार पौडेल कप्तान रहेको टिममा कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी र किशोर महतो छन् ।

सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी ग्लाेबल टी-२० लिग क्यानडा खेल्न जाने भएकाले टिममा छैनन् । यस्तै ज्ञानेन्द्र मल्ल र करण केसी टिममा छैनन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका