जोडिनुहोस
  • होमपेज
  • उपप्रधानमन्त्री खड्काको स्वास्थ्यमा सुधार, प्रधानमन्त्री अस्पतालमा

उपप्रधानमन्त्री खड्काको स्वास्थ्यमा सुधार, प्रधानमन्त्री अस्पतालमा

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्यमा सुधार भइरहेको छ । नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा उपचाररत खड्काको प्रोस्टेटको शल्यक्रिया गरिएको हो ।

उनलाई भेट्न आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन् । शल्यक्रियापछि वार्डमा रहेका मन्त्री खड्काको अवस्था बुझ्न प्रचण्ड अस्पताल पुगेका हुन् ।

खड्काको अस्पतालका कमान्डेन्ट प्राविधिक सहायक रथी प्राडा भरतबहादुर भण्डारी नेतृत्वको टोलीले प्रोस्टेटको सफलतापूर्वक शल्यक्रिया गरेको हो ।

उनी गत साता बुधबार अस्पताल भर्ना भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका