जोडिनुहोस
  • होमपेज
  • भ्रष्टाचार र कमिसनतन्त्रको जालोले राजनीतिलाई गाँजेको छ : गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचार र कमिसनतन्त्रको जालोले राजनीतिलाई गाँजेको छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसनतन्त्र र भ्रष्टाचारको जालोले राजनीतिलाई जवर्जस्त रुपमा गाँजेको बताएका छन् । समाजवादमा गएपछि पनि भ्रष्टाचार स्वतः अन्त्य नहुने भन्दै उनले यस्तो बताएका हुन् ।

पुष्पलालको ४६ औं स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले सोमबार काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिशनतन्त्रको अन्त्य गर्न जरुरी रहेको बताएका छन् । साथै उनले नयाँ प्रकारको लोकतन्त्र स्थापित गर्न नसक्दा जनतामा निराशा र विकर्षण रहेको स्वीकार गर्दै आर्थिक सामाजिक रुपान्तरणको प्रक्रिया धेरै धीमा र मन्द गतिमा सीमित रहेको बताए ।

‘त्यसो किन भयो त ?’ प्रश्न गर्दै गृहमन्त्री श्रेष्ठले भने, ‘त्यसो हुनुमा कमिसनतन्त्र र भ्रष्टाचारको जालोले राजनीतिलाई जवर्जस्त रुपमा गाँजेको छ मूल समस्या यो हो ।’

उनले भ्रष्टाचारको साङ्लोमा राजनीति बेरिएकाले त्यसलाई भत्काएर राजनीतिलाई सफा नगरी देश बदल्न नसकिने भएकाले पहिलो काम त्यसलाई बनाउनुपर्ने बताए ।

मन्त्री श्रेष्ठले विभिन्न भ्रष्टाचार काण्डहरुबारे सरकारले कदम चालिहरेको भन्दै दोषी र अपराधी नछुट्ने गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको समेत बताए ।

उनले राजनीति पार्टीका नेता, उद्यमी व्यवसायी भ्रष्टाचारमा परेर अनुसन्धान गर्न थालिए उनीहरु आफूहरुलाई कारबाही गर्ने ? भनेर कराउने प्रवृत्ति रहेको भन्दै कानुन सबैलाई बराबर हुने बताए ।

कार्यक्रममा उनले समाजवादको आजको मोडल र ढाँचाबारे बहसकै रुपमा रहेको बताए । ‘हामी कम्युनिस्टहरु वैज्ञानिक मान्यतामा आधारित समाजवाद भन्छौ । पुँजीवादभित्रको समाजवाद हाम्रो मान्यता होइन । समाजवाद निर्माणको बाटो के हो भन्ने पनि बहसकै रुपमा रहेको छ’, मन्त्री श्रेष्ठको भनाइ छ । उनले पुँजीवादको विकल्प नै समाजवाद भएको भन्दै समाजवादमा भ्रष्टाचार हुँदैहुँदैन भन्न नसकिने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका