जोडिनुहोस
  • होमपेज
  • भूकम्पपछिको पुनःनिर्माणका लागि भारतले १० अर्ब सहयोग गर्ने

भूकम्पपछिको पुनःनिर्माणका लागि भारतले १० अर्ब सहयोग गर्ने

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा भूकम्पले क्षति पुर्‍याएको संरचना पुनःनिर्माणका लागि भारतले १० अर्ब सहयोग गर्ने भएको छ ।

काठमाडौंमा आयोजित नेपाल-भारत संयुक्त आयोगको बैठकमा भारतले भूकम्पबाट भत्किएको संरचना पुनःनिर्माणका लागि एक हजार करोड (१० अर्ब) सहयोग गर्ने विषयमा सहमति भएको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बैठकमा चार बुँदे सम्झौता पत्रमा हस्ताक्षरसमेत भएको बताए । जसमा १० वर्षमा १० हजार मेगावाट बिजुली भारतलाई निर्यात गर्ने, नेपालले बनाएको स्याटलाइट भारतको सहयोगमा प्रक्षेपण गर्नेलगायत रहेका छन् ।

बैठकमा तीन वटा १३२ केभीको अन्तरदेशीय प्रसारणलाइनको उद्घाटन भएको प्रवक्ता राईले बताए ।

बैठकमा नेपाल र भारतको समग्र विषयमा समीक्षा हुनुको साथै आगामी दिनमा यसलाई कसरी सुदृढ बनाउँदै लैजाने विषयमा छलफल भएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका