जोडिनुहोस
  • होमपेज
  • सरकारलाई रविको प्रश्न; आफ्नो भूमिमा छिमेकी प्रधानमन्त्री आउँदा स्वागत गर्नु पर्दैन ?

सरकारलाई रविको प्रश्न; आफ्नो भूमिमा छिमेकी प्रधानमन्त्री आउँदा स्वागत गर्नु पर्दैन ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको नेपाली भूमि गुन्जीको भ्रमणबारे सरकारको जवाफ मागेका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि गुन्जीको भ्रमण गरेकोबारे प्रश्न गरेका हुन् । नेपालको संसदले पास गरेको नयाँ नक्सामा कुटी गुञ्जी समेत रहेको भन्दै उनले भने, ‘छिमेकी राष्ट्रको प्रधानमन्त्री हाम्रो भू–भागमा आउँदा सरकारले न कुनै स्वागत गरेको छ, न देशलाई कुनै जानकारी गराएको छ ।’

यसबारे प्रमुख जिल्ला अधिकारीसँग बुझ्दा त्यो भूभागमा नेपालीहरु जान नपाउने जवाफ पाएको उनले सुनाए । पूर्वमन्त्री समेत रहेका लामिछानेले भने, ‘आफ्नो भूमिमा छिमेकी राष्ट्रको सरकार प्रमुख आउँदा सरकारले स्वागत गर्नु पर्दैन ?

उनले नेपाली भूमिमा भएको भारतीय प्रधानमन्त्रीको भ्रमणबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका