जोडिनुहोस
  • होमपेज
  • सुन प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै संसदमा रास्वपाको जरुरी सार्वजनिक महत्वको प्रस्ताव

सुन प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै संसदमा रास्वपाको जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवैध सुन आयात प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव लगेको छ ।

रास्वपा सांसद मनिष झा भन्छन्, ‘भन्सारबाट एक क्विन्टल सुन कसरी पास भयो भन्ने विषयमा प्रश्न छ । यस सम्बन्धमा निष्पक्ष छानबिन हुन पर्‍यो भनेर जरुरी सार्वजनिक महत्वको प्रस्ताव सभामुखलाई बुझाएका छौं ।’

गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने जस्तो उग्र राजनीति नगरी सुन प्रकरणको छानबिनको माग गर्दै लोकतान्त्रिक पद्धतिलाई सहयोग गर्नका लागि प्रस्ताव लगेको उनले बताए । प्रस्तावमा २० जना सांसदको हस्ताक्षर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका