जोडिनुहोस
  • होमपेज
  • इटालीबाट फर्किए प्रधानमन्त्री प्रचण्ड

इटालीबाट फर्किए प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’ मा सहभागी भई उनी नेपाल फर्किएका हुन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउन ६ गते प्रचण्ड त्यसतर्फ गएका थिए ।

प्रधानमन्त्रीको स्वागतमा सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, अन्य मन्त्री, सुरक्षा निकायका अधिकारीलगायत विमानस्थल पुगेका थिए ।

उनले ‘युनाइटेड नेसन्स फुड सिस्टम-२०२३ स्टकिङ मोमेन्ट’ लाई सम्बोधन गरेका थिए ।

साथै, सो क्रममा प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशी समकक्षी शेख हसिना, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस, विश्व खाद्य कार्यक्रमका कार्यकारी सिन्डे म्याकन, विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यूबी भेटवार्तासमेत भएको थियो ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा कृषि तथा पशुपन्धी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतलगायतको सहभागिता रहेको थियो । साथै, विमानस्थलमा प्रधानमन्त्रीले पत्रकार सम्मेलन गर्दैछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका