जोडिनुहोस

खेलकुद

भारत १ सय ९ रनमा अलआउट

  • Sagarmatha TV
  • बुधबार, फाल्गुन १७, २०७९
भारत १ सय ९ रनमा अलआउट

काठमाडौं । भारतमा जारी बोडरगावास्कर टेस्ट सिरिजको तेस्रो खेलमा घरेलु टोली भारतले अष्ट्रेलियाविरुद्ध खराब ब्याटिङ प्रदर्शन गरेको छ ।भारतले अष्ट्रेलियाविरुद्ध पहिलो पारीमा १ सय ९ रन मात्र बनाएको छ ।

भारतको इन्दोरमा बिहिबारबाट सुरु तेस्रो टेस्टमा अष्ट्रेलियाविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले पहिलो पारीमा १ सय ९ रन मात्र बनाएको हो ।

घरेलु टोलीका लागि विराट कोहली २२ रनमा आउट हुँदा शुभमन गिलले २१ रन बनाए । शिखर भारत र उमेश यादवले समान १७/१७ रन बनाउँदा कप्तान रोहित शर्माले १२ रन बनाए ।

अक्षर पटेल १२ रनमा अविजित रहे । पाहुना टोलीका लागि म्याथ्यु कुनहाम्यानले ९ ओभरमा १६ रन खर्चिएर ५ विकेट लिए ।

नाथन लायनले ३ तथा टोड मुर्फिले १ विकेट लिए । चार खेलको टेस्ट सिरिजमा घरेलु टोली २-० ले अघि रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका