जोडिनुहोस
  • होमपेज
  • मुगु जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो

मुगु जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो

मुगु । मुगुमा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।सोरु गाउँपालिकामा–७ मा भएको उक्त जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सीप पहिरो नजिक ग १ ज ७७६२ नम्बरको जिप दुर्घटना भएको हो । सोरुकोटबाट गमगढीतर्फ जाँदै गरेको उक्त जिप सीप पहिरो नजिक सडकबाट २ सय मिटरभन्दा तल खसेको थियो ।

उक्त जीप दुर्घटनामा परी ४ जना सख्त घाइते भएका छन् । उनीहरुको हाल उपचार भईरहेको छ ।

ज्यान गुमाउनेमा सोरु गाउँपालिका–५ का लोकजन नेपालीसहित हुम्ला सर्केगार्डका राम परियार, प्रकाश बोहोरा, राम परियार र पियुस परियार रहेका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका