जोडिनुहोस
  • होमपेज
  • अपर लोहोरे खोलाको आईपीओ बाँडफाँट, ९ जनाले पाए ११ कित्ता सेयर

अपर लोहोरे खोलाको आईपीओ बाँडफाँट, ९ जनाले पाए ११ कित्ता सेयर

काठमाडौँ। अपर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत् १ लाख ९५ हजार ३२७ जनाले सेयर पाएका छन् ।

जसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् । यो आईपीओका लागि कुल १३ लाख ६१ हजार १५४ जनाले आवेदन दिएकामा १२ लाख ८३ हजार ५९६ जनाको आवेदन मात्र योग्य ठहरिएको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी गराएको छ ।

यस कम्पनीले साउन १८ गतेदेखि २२ गतेसम्म जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको (१९ लाख ८८ हजार २३६ कित्ता) साधारण सेयर बिक्रीमा ल्याएको थियो । यसमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिएको हो ।

यसैगरी, कर्मचारीलाई ३९ हजार ७६५ कित्ता र सामूहिक लगानी कोषका लागि ९९ हजार ४१२ कित्ता सेयर छुट्याइएको थियो । बाँकी १९ लाख ५३ हजार २७९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

लगानीकर्ताले आईपीओ बाँडफाँटको नतिजा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल र अप्पर लोहोरे खोला हाइड्रोपावरको वेबसाइटबाट हेर्न सक्नेछन् । साथै, मेरोसेयर एप र सीडीएस एन्ड क्लियरिङले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट थाहा पाउन सकिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका