जोडिनुहोस
  • होमपेज
  • स्पेनको टेनेरिफ टापुमा ८ सय हेक्टर जमिनमा डढेलो

स्पेनको टेनेरिफ टापुमा ८ सय हेक्टर जमिनमा डढेलो

स्पेन। स्पेनको टेनेरिफ टापुमा ८ सय हेक्टर क्षेत्रफल जमिनमा डढेलो लागेको छ ।

बुधवार आगोका कारण सडक सञ्जालसमेत बन्द भएको थियो । बिबिसिका अनुसार बुधवार बिहान आगोका कारण खालि गरिएका क्षेत्रहरुमा एरेट, चिविसिया, मिडिया मोन्टाना, अजाफोना र लस लागुनेटास लगायतका स्थान छन् ।

क्यानरी टापुका अध्यक्ष फर्नान्डो क्लाभिजोले मंगलवारदेखि लागेको आगो अहिलेसम्म पनि नियन्त्रणमा नआएको बताउनु भयो । टापुको उत्तरपूर्वमा अराफो र क्यान्डेलेरियाका साना शहरहरु बीचको असहज भूभागका कारण आगो निभाउन जटिल भएको हो ।

क्यान्डेलेरियाका मेयर मारिया कन्सेपसियन ब्रिटोले आगो अन्य नगरपालिकाहरुमा फैलिनसक्ने भन्दै शतर्क रहन चेतावनी दिनुभएको छ । अहिले करिव १५० दमकल, १३ विमान र हेलिकप्टरको सहयोगमा आगो निभाउने काम भइरहेको छ । आगो निभाउन स्पेनिस मिलिटरी इमर्जेन्सी युनिट (युएमई) परिचालन गरिएको छ ।

५० सेना पहिला नै सो क्षेत्रमा तैनाथ गरिएको छ । युरोपेली फरेस्ट फायर इन्फर्मेशन सिस्टम (इएफएफआईसी) को तथ्यांकअनुसार स्पेनमा हालसम्म सन् २०२३ मा ७३ हजार ५ सय हेक्टर जंगलमा आगो लागेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका