जोडिनुहोस
  • होमपेज
  • गुल्मीको मुसिकोट नगरमा शोक बिदा

गुल्मीको मुसिकोट नगरमा शोक बिदा

गुल्मी । मुसिकोट नगरपालिकाले आज शोक बिदा दिएको छ । नगरपालिकाले वडानम्बर १ का वडाअध्यक्ष मोहन घिमिरेको निधनमा आज आइतबार एक दिन शोक बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाले निर्णय अनुसार आज एक दिन वडाअध्यक्ष घिमिरेको निधनमा पालिकाभित्र शोक बिदा दिइने प्रमुख प्रशासकीय अधिकृत विनोद कुँवरले जानकारी दिए ।

शनिबार बिहान करिब ५ बजे फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे केही घण्टापछि रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।

घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका सभापतिसमेत थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका