जोडिनुहोस
  • होमपेज
  • विद्यार्थीले पाँच वर्षसम्ममा शैक्षिक प्रमाणपत्रको त्रुटि सच्याउन पाउने मन्त्रिपरिषदको निर्णय

विद्यार्थीले पाँच वर्षसम्ममा शैक्षिक प्रमाणपत्रको त्रुटि सच्याउन पाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले विद्यार्थीले आफ्ना शैक्षिक प्रमाणपत्रमा देखिएका त्रुटि पाँच वर्षसम्ममा सच्याउन पाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकले गरेको निर्णयले विद्यार्थीहरुलाई आफ्ना शैक्षिक प्रमाणपत्रमा देखिएका समस्या समाधान गर्न राहत मिलेको छ । प्रमाणपत्रमा देखिएको ‘उमेर, नाम र जात सच्याउने (तेस्रो संशोधन) नियमावली २०८०’ बुधबारको मन्त्रिपरिषद् बैठकले पारित गरेको छ।

यो नियमावली पारित भएसँगै विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रमा भएको त्रुटि सच्याउन पाउने समयावधि साढे चार वर्ष थप भएको गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस संयोजक कमल गिरीले जानकारी दिए। यसअघि विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्र पाएको मितिले ६ महिनाभित्र मात्रै नाम, जात र उमेर सच्याउनको लागि दरखास्त दिन पाउने व्यवस्था थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका