जोडिनुहोस
  • होमपेज
  • अमेरिकी प्रथम महिला पुनः कोरोना सङ्क्रमित

अमेरिकी प्रथम महिला पुनः कोरोना सङ्क्रमित

वासिङ्टन।अमेरिकी प्रथम महिला जिल बाइडेन पुनःकोविड–१९ बाट सङ्क्रमित भएकी छन् । नियमित स्वास्थ्य परीक्षणका क्रममा सोमबार उनी कोरोनाबाट सङ्क्रमित भएको पुष्टि भएको हो । राष्ट्रपति जो बाइडेनको प्रयोगशाला परीक्षण प्रतिवेदन भने नकारात्मक आएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

बहत्तर वर्षीया प्रथम महिलालाई कोरोनाका सामान्य लक्षणमात्र देखिएको जनाउँदै राष्ट्रपतिको कार्यालयले उनी डेलावेयरको रेहोबोथ समुद्री किनारको घरमा बस्नेछिन्। एक वर्ष अघि पनि प्रथम महिला बाइडेनलाई कोभिड सङ्क्रमण भएको थियो । कोभिड परीक्षणलाई नियमितरूपमा जारी राख्ने र लक्षणहरूको निगरानी गरिने राष्ट्रपतिको कार्यालयले बताएको छ ।

पछिल्ला केही साता यता संयुक्त राज्य अमेरिकामा कोरोना सङ्क्रमण बढेको छ भने बिरामीको अस्पताल भर्नादरमा पनि वृद्धि भएको छ । यसैबीच एनबिसी न्युजले स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै देशमा फेरि कोभिडको अर्को लहर आएको सङ्केत गरेको छ ।

बितेका दुई सातामा औसत दैनिक १० हजार पाँच जना सङ्क्रमित अस्पताल आएका तथा एक हजार तीन सय ९७ जनालाई सघन उपचार कक्षमा राखेर उपचार गर्नुपरेको छ ।

कोभिड–१९ बाट दैनिकरुपमा पाँच सय सात जना बालबालिका पनि पीडित भइरहेका छन् । अमेरिकी अधिकारीहरूले कोरोनाविरुद्धको खोप लगाउन सर्वसाधारणमा आग्रह पनि गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका