जोडिनुहोस
  • होमपेज
  • वैदेशिक रोजगारीमा जानेलाई बैंकले ऋण दिने

वैदेशिक रोजगारीमा जानेलाई बैंकले ऋण दिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बैंकमार्फत ऋण निकाल्न मिल्ने व्यवस्था गर्ने भएको छ । वैदेशिक रोजगार विभागले त्यसको कार्यन्वयनका लागि गृहकार्य जारी राखेको विभागका महानिर्देशक मदन दहालले जानकारी दिए ।

उनका अनुसार वैदेशिक रोजगारी जाँदा लाग्ने खर्च बैंकले ऋणमार्फत दिने व्यवस्था मिलाउने भएको छ । उक्त सेवा कार्यान्वयनमा आएपछि बैंकले वैदेशिक रोजगारीमा जाने व्यक्तीको खातामा पैसा जम्मा नगरि मेनपावर व्यावसायीको खातामा वैदेशिक रोजगारीमा जाँदा लाग्ने रकम जम्मा गरिदिने जनाएको छ ।

यस्तो अवस्था लागू भएको अवस्थामा ‘वैदेशिक रोजगारीमा गाउँघरबाट महँगो ब्याजदरमा ऋण निकाल्ने र विदेशमा गएर लामो समयसम्म ऋण तिर्नमै समय विताउनु पर्ने अवस्थाको अन्त्य हुनेछ । विदेश जानेहरुले चर्को ब्याजमा ऋण लिनुपर्ने र विदेशमा गएर साहुसँग महँगो ब्याजमा लिएको पैसा तिर्न लामो समयसम्म कुर्नुपर्ने समस्या अन्त्यका लागि यस्तो व्यावस्था ल्याउन लागिएको मन्त्रालयले जनाएको छ । यसका लागि हाल ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक लगायतसँग छलफल चलिरहेको दाहालले बताए । अहिले ग्लोबलले वैदेशिक रोजगार ऋण समेत दिन थालेको दाहालको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका