जोडिनुहोस
  • होमपेज
  • प्रहरी श्रीमती सङ्घद्वारा भूकम्प प्रभावितलाई पाँच लाख ५५ हजार सहयोग

प्रहरी श्रीमती सङ्घद्वारा भूकम्प प्रभावितलाई पाँच लाख ५५ हजार सहयोग

काठमाडौं । नेपाल प्रहरी श्रीमती सङ्घले भूकम्पपीडितका लागि पाँच लाख ५५ हजार पाँच सय ५५ सहयोग गरेको छ । सोमबार सङ्घकी अध्यक्ष लक्ष्मी कुँवरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर सङ्घका तर्फबाट उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष कुँवरले पीडितलाई थोरै भए पनि सहयोग पुगोस् भनेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई उक्त राहत हस्तान्तरण गरिएको बताए । जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका भूकम्प प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषका लागि उक्त रकमको सहयोग गरिएको सङ्घले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका