जोडिनुहोस
  • होमपेज
  • सुवास नेम्वाङको निधनले नेपालको राजनीतिकै गति रोकियो

सुवास नेम्वाङको निधनले नेपालको राजनीतिकै गति रोकियो

काठमाडौं । संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण नेपालको राजनीतिकै गति रोकिएको छ ।

नेम्वाङको मंगलबार बिहान हृदयाघातका कारण निवासमै निधन भएको थियो । उनलाई उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज लैजाँदा मुटुको चाल केही थिएन । त्यही डाक्टरले मृत घोषणा गरेका थिए ।

नेम्वाङको पार्थिव शरीर यतिखेर शिक्षण अस्पतालमा राखिएको छ । एमाले पार्टी कार्यालय च्यासलमा मध्यान्ह १२ बजेपछि श्रद्धाञ्जलीको कार्यक्रम राखिने छ । उनका दुई छोरा विदेशमा रहेकाले उनीहरु आएपछि मात्र ९किराँत संस्कृति मुन्धुमअनुसार० अन्त्येष्टि गरिने भएको छ ।

नेम्वाङको निधनको खबर पाएपछि राति नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीसहितका नेता तथा कार्यकर्ताहरु शिक्षण अस्पताल पुगेका थिए । २०६४ र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष रहेका नेम्वाङ इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद थिए ।

उपाध्यक्ष नेम्वाङको निधनको खबरपछि चीन भ्रमणमा रहेका एमाले महासचिव शंकर पोखरेल आफ्नो सम्पूर्ण पूर्वनिर्धारित कार्यक्रम रद्द गरेर आजै स्वदेश फर्कन लागेका छन् । उनी सिनिङ र छन्तु हुँदै नेपाल आइपुग्ने कार्यक्रम छ ।

एमालेले सबै औपचारिक कार्यक्रम स्थगित गरेको छ । आज सुदूरपश्चिममा हुन लागेको समाजवादी मोर्चाको सन्देश सभा स्थगित भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वसभामुख अग्निप्रसाद सापकोटालगायत सबै नेता नेम्वाङको निधनबाट स्तब्ध छन् ।

समकालीन नेता भएकाले पनि नेम्वाङको निधनले नेपालको राजनीतिमा ठूलो खाडल बनाएको छ । सरल र शालिन स्वभावका नेम्वाङ सहमति र सहकार्यका पर्याय थिए । कानुनका ज्ञातासमेत भएकाले अब मध्यस्थतकर्ता स्वभावका नेम्वाङको अभाव सधैं खड्किने देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका