जोडिनुहोस
  • होमपेज
  • भारतीय पर्यटकका लागि मलेसियामा ३० दिनसम्म भिसा शुल्क छुट

भारतीय पर्यटकका लागि मलेसियामा ३० दिनसम्म भिसा शुल्क छुट

क्वालालम्पुर— मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले भारत र चीनका पर्यटकलाई डिसेम्बर १ देखि मलेसियामा ३० दिनसम्म भिसा शुल्क मिनाहा गरेको मलेसियाको स्थानीय पत्रिका मलय मेलले उल्लेख गरेको छ।

यद्यपी, भिसा छूट अझै पनि अपराध वा हिंसाको विगतको रेकर्डको लागि सुरक्षा जाँचको विषय हो।

प्रधानमन्त्री इब्राहिमले डिसेम्बर १ देखि अरब देशहरू, टर्की, जोर्डन, र चीन र भारतीय नागरिकहरूलाई ३० दिनको भिसा छूटको अतिरिक्त सुविधा दिने घोषणा गरेका छन् ।

उनले मध्य पूर्वी राष्ट्रहरू टर्की र जोर्डनले पहिले नै ३० दिनको भिसा छुट फाइदा लिइरहेका बताएका छन् ।

मलय मेल अनुसार आसियान क्षेत्रभित्रको पर्यटन प्रायः सिंगापुर र इन्डोनेसिया जस्ता छिमेकी राष्ट्रहरूबाट आएको उनले उल्लेख गरे।

मलेसियाको यो निर्णय श्रीलंका र थाइल्याण्डले घोषणा गरेको समान भिसा छूट पछि आएको हो।

अक्टोबरको सुरुमा, श्रीलंकाका विदेश मामिला मन्त्री अली साब्रीले श्रीलंकाले पाइलट प्रोजेक्ट अन्तर्गत भारत, चीन र रसिया लगायत सात देशका आगन्तुकहरूलाई भिसामुक्त प्रवेश अनुमति दिने बताएका थिए ।

त्यस्तै, थाइल्याण्डले नोभेम्बर १० देखि भारतीय पर्यटकहरूलाई ६ महिनासम्म भिसा–शुल्क नलिई प्रवेश अनुमति दिने घोषणा गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

थाई मन्त्रिपरिषद्को निर्णय पछि यो घोषणा गरिएको थियो, जसले मे १०, २०२४ देखि लागू हुने गरी भारत र ताइवानका पर्यटकहरूलाई थाइल्याण्डमा ३० दिनसम्म बस्नको लागि प्रवेश भिसा आवश्यक पर्नेबाट छुट दिने सहमति गरेको थाई पीबीएन वर्ल्डले उल्लेख गरेको छ।

विशेष गरी चिनियाँ पर्यटक आगमनमा आएको कमीको जवाफमा, मन्त्रिपरिषद्ले यसअघि वर्षको अन्तिम चौमासिकमा पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राख्दै सीमित अवधिका लागि चीन र काजाकिस्तानका पर्यटकहरूलाई समान भिसा छुट दिने निर्णय गरेको थियो।

थाई प्रसारकका अनुसार, यस वर्षको पहिलो नौ महिनाको तथ्याङ्कले करिब १२ लाख भारतीयहरूले थाइल्याण्डको भ्रमण गरेको देखाएको छ । यस्तै, यो संख्या वर्षको अन्त्यसम्ममा लगभग १५ लाख भारतीय थाइल्याण्ड पुग्ने अनुमान गरिएको थाई पीबीएन वर्ल्डले उल्लेख गरेको छ। थाइल्याण्डमा ७—८ दिनको बसाइमा भारतीय पर्यटकहरूले औसतमा प्रति व्यक्ति ४१,००० भाट खर्च गर्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका