जोडिनुहोस
  • होमपेज
  • साफका लागि यू-२० महिला टिम घोषणा

साफका लागि यू-२० महिला टिम घोषणा

काठमाडौं, अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-२० राष्ट्रिय महिला फुटबल टिमको घोषणा गरेको छ । बंगलादेशको ढाकामा आयोजना हुने साफ यू-२० महिला च्याम्पियनसिपका लागि प्रिती राईको कप्तानीमा नेपाली टोलीको घोषणा भएको हो ।

मुख्य प्रशिक्षक यम गुरुङले प्रशिक्षणमा रहेका ३० खेलाडीबाट २३ सदस्सीय टोलीको घोषणा गरेको एन्फाले जनाएको छ ।

महिला यू-२० साफ च्याम्पियनसिप २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म आयोजना हुनेछ । प्रतियोगितामा नेपाल, आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक बंगलादेशसँग खेल्नेछ । खेल फेब्रुअरी ३ मा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका