जोडिनुहोस
  • होमपेज
  • देउसीभैलोको रकम भूकम्पपीडितलाई

देउसीभैलोको रकम भूकम्पपीडितलाई

सल्यान – तिहारमा देउसीभैलो खेलेर उठेको रकमलाई सल्यान युवाहरूले सामाजिक कार्यमा खर्च गरेका छन्। देउसीभैलो खेलेर उठेको रकम उनीहरूले सामाजिक काममा लगाएका हुन्।

बागचौर नगरपालिका–९ कुयापानीमा रहेको स्टार युवा क्लबले देउसीभैलोबाट संकलित रकमबाट भूकम्पपीडितलाई सहयोग गरेको क्लबका प्रभाकर ओलीले बताए। उनले देउसीभैलोबाट संकलित रकमबाट दार्माका भूकम्पपीडितलाई ४० थान कम्बल, २० थान जग, २० थान थाली र १५ थान म्याट वितरण गरिएको बताए।

विपत्तिमा पीडितलाई थोरै भए पनि राहत पुगोस् भनी सहयोग गरेको ओलीले बताए।

यसैगरी शारदा नगरपालिका–१ पटनेरीका दुई समूहले तिहारमा संकलित रकम क्यान्सर र मृगौलाका रोगीलाई हस्तान्तरण गरेका छन्। पटनेरी निवासी क्यान्सर रोगी रूपा बुढाथोकीलाई २५ हजार, रिठ्ठाबहादुर खत्रीलाई १५ हजार र मिर्गौलाका विरामी नवजार बोहरालाई ५ हजार रुपैयाँ हस्तान्तरण गरिएको सन्देश राईले जानकारी दिए।

संकलित रकम उपचारको अभावमा छटपटाइरहेका विरामीलाई सहयोग गर्नु उचित ठानेर विगतका वर्षदेखि क्यान्सर पीडितलाई सहयोग गर्दै आइरहेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका