जोडिनुहोस
  • होमपेज
  • चिकित्सक संघको टोलीलाई प्रधानमन्त्री दाहालले भने, ‘डाक्टर कुट्नेलाई तुरुन्त कारबाही हुन्छ’

चिकित्सक संघको टोलीलाई प्रधानमन्त्री दाहालले भने, ‘डाक्टर कुट्नेलाई तुरुन्त कारबाही हुन्छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डाक्टरमाथि आक्रमण गर्नेलाई तुरुन्त कारबाही गर्ने बताएका छन् ।

हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत डाक्टरहरु विकास थापा र प्रशान्त विडारीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै भेट्न आएका नेपाल चिकित्सक संघका प्रतिनिधिलाई प्रधानमन्त्री प्रचण्डले चिकित्सकमाथि आक्रमण गर्नेले उन्मुक्ति नपाउने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले त्यसका लागि प्रहरीलाई निर्देशन समेत दिइसकेको बताए । भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले चिकित्सकमाथिको आक्रमण कुनै पनि हालतमा सह्य नहुने भन्दै दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको संघका महासचिव डा। सन्जिव तिवारीले जानकारी दिए ।

चिकित्सकलाई आक्रमण गर्ने व्यक्तिलाई कारबाहीको माग गर्दै चिकित्सक सघका अध्यक्ष डा। अनिलबिक्रम कार्की, महासचिव डा। सन्जिव तिवारीलगायतको टोली प्रधानमन्त्री प्रचण्डलाई भेट्न गएको थियो ।बिरामीको मृत्यु भएको विषयलाई बुधबार हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत डाक्टरमाथि कुटपिट भएको हो। अस्पतालका चिकित्सक डा। प्रशान्त बिडारी र डा. विकास थापामाथि कुटपिट भएको हो ।

गत २२ साउनमा मकवानपुर सिक्रेनीका राजेश प्रधान उपचारका लागि सो अस्पतालमा भर्ना भएका थिए । डेंगु रिपोर्ट नेगेटिभ देखिएपछि आफन्तकै आग्रहमा अस्पतालले भोलीपल्टै डिस्चार्ज दिएको थियो । बिरामी पक्षले त्यहाँबाट भरतपुरस्थित चितवन मेडिकल कलेजमा लगेर उनको उपचार गराएको थियो । तर २५ भदौमा प्रधानको उपचारका क्रममा मृत्यु भयो । उनको मृत्यु भएपछि सन्चो अस्पतालमा राम्रोसँग उपचार नगरेकै कारण बिरामी मृत्यु हुने अवस्थामा पुगेको भन्दै आफन्तहरुले डाक्टरमाथि आक्रमण गरेका छन् ।

डाक्टरमाथि कुटपिट गर्ने मृतकको श्रीमती र छोरी पक्राउ
हेटौँडाको सन्चो अस्पतालभित्र पसेर चिकित्सकमाथि कुटपिट गर्ने दुई जनालाई प्रहरीले नियन्त्रममा लिएको जनाएको छ । डाक्टरमाथि सांघातिक आक्रमण गर्नेमध्येका रमा प्रधान र रमिता प्रधानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले बताए । रमा मृतक राजेश प्रधानको श्रीमती र रमिता छोरी हुन् । कुटपिटमा पक्राउ परेका दुईसहित मृतकका छोरा, भतिजलगायत संलग्न रहेको प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका