जोडिनुहोस
  • होमपेज
  • माओवादीले छोड्यो कोशी सरकार

समाचार

माओवादीले छोड्यो कोशी सरकार

  • Sagarmatha TV
  • सोमवार, चैत्र २६, २०८०
माओवादीले छोड्यो कोशी सरकार

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिएको छ ।माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

माओवादी केन्द्र कोशी प्रदेश सभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताएअनुसार माओवादीका मन्त्रीहरुले आज नै राजीनामा दिएर सरकारबाट बाहिरिँदैछन् ।

यो सँगै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेका छन् । कोशीमा संविधानको धारा १६८ (५) बमोजिम केदार कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो । उपधारा ५ सरकार गठनको अन्तिम धाराको रुपमा समेत चर्चा भइरहेको छ ।

आफू कुनै पनि दलको समर्थनमा मुख्यमन्त्री नबनेको कार्कीको दाबी छ । मुख्यमन्त्री कार्कीले आफ्नो विरुद्ध दुई वर्ष अविश्वासको प्रस्ताव ल्याउनै नमिल्ने बताएका छन् ।

कोशीमा माओवादी केन्द्रका १३ सांसद रहेका छन् । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४६ सांसद आवश्यक पर्दछ । कोशीमा एमालेका ४०, कांग्रेसका २९, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका