जोडिनुहोस
  • होमपेज
  • राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले नेम्वाङ निवासमै पुगेर दिए श्रद्धाञ्जली

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले नेम्वाङ निवासमै पुगेर दिए श्रद्धाञ्जली

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेका छन् ।

आज बालुवाटारस्थित नेम्वाङ निवासमा पुगी उनले स्व. नेम्वाङप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेको उनका प्रेस सल्लाहकार दुर्गा शर्माको भनाइ छ ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पनि आजै नेम्वाङ निवास पुगी परिवारजनमा समवेदना व्यक्त गरेका छन् । गत सोमबार हृदयघातका कारण  नेम्वाङको निधन भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका