जोडिनुहोस
  • होमपेज
  • सुनसरीका मूर्तीकारलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

सुनसरीका मूर्तीकारलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

काठमाडौँ– विश्वकर्मा पूजा आउन एक दिन दिनमात्र बाँकी रहेका बेलामा सुनसरीमा विश्वकर्माको मूर्ति बनाउन कलाकारहरुलाई भ्याइनभ्याइ छ । कलाकारलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ हुनाका साथै मूर्ति किन्नेको भिड बढेपछि पूजाको चहलपहल बढेको मूर्तिकार विनोद यादवले बताए ।

सबै सवारी साधनका धनी तथा कलकारखानामा विषेश उत्सवका रुपमा विश्वकर्माको पूजा गर्ने भएकाले इनरुवासहित जिल्लाको विभिन्न ग्रामीण क्षेत्र तथा सहरी क्षेत्रमा यसको चहलपहल बढेको हो ।

विश्वकर्मा पूजालाई लक्षित गरेर स्थानीय मूर्तिकारले हजारौँ मूर्ति निर्माण गर्ने गरेको इनरुवा–८ का मूर्तिकार रामलखन मण्डलले बताए । यहाँ दुई हजारदेखि पाँच हजार रुपैयाँसम्मको कलात्मक माटोको मूर्ति बनाएर बिक्री गर्ने गरिएको मूर्तिकार मनोज मेहताले बताए ।

इनरुवा–८ का रामलखन मण्डलले एक्लै ५० वटा विश्वकर्माको मूर्ति निर्माण गरेका छन् । उनले तयार भएका मूर्तिमध्ये अधिकांश बिक्री पनि भइसकेका छन् । सुनसरीमा झण्डै १० हजारको सङ्ख्यामा विश्वकर्माको मूर्ति खरिदबिक्री हुने गरेको छ

मूर्तिको माग बढेपछि मूल्यसमेत बढेको स्थानीय उपभोक्ताले बताए् । यसरी विभिन्न समयमा मूर्तिकारले माटोको कलात्मक मूर्ति निर्माण गरी वार्षिक रु दुई लाखदेखि दुई लाख ५० हजारसम्म आम्दनी गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका