जोडिनुहोस
  • होमपेज
  • बझाङको भातेखोला केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टरस्केलको भूकम्प

बझाङको भातेखोला केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टरस्केलको भूकम्प

बझाङमा फेरि भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ११ बजेर ४५ मिनेटमा बझाङको भातेखोला केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यस्तै, १२ बजेर ३२ मिनेटमा पनि चार दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ ।

आजको भूकम्पका कारण घरको पाली भत्किएर मष्टा गाउँपालिका वडा नम्बर ४ का ८६ वर्षका सुको फराडा घाइते हुनुभएको वडाअध्यक्ष उत्तम जोशीले जानकारी दिनुभयो । बझाङ केन्द्रबिन्दु भएर गएको मङ्गलवारपछि चार रेक्टरस्केलभन्दा माथिका १५ वटा भूकम्प गएका छन् ।

कयौँ पटक परकम्प गएका स्थानीयले बताएका छन् । भूकम्पमा परि एक जनाको ज्यान गएको छ भने केही घाइते भएका छन् । जिल्लाका व्यक्तिगत घर र सार्वजनिक भवनहरूमा क्षति पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका