जोडिनुहोस
  • होमपेज
  • मानसिक स्वास्थ्यसँग जोडिएका अन्धविश्वास र लाञ्छना न्यूनीकरण गर्न आवश्यक छः प्रधानमन्त्री दाहाल

मानसिक स्वास्थ्यसँग जोडिएका अन्धविश्वास र लाञ्छना न्यूनीकरण गर्न आवश्यक छः प्रधानमन्त्री दाहाल

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता अन्धविश्वास लाञ्छना न्यूनीकरण गर्न आवश्यक भएको बताएका छन् ।

मंगलबार विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा उनले समावेश समानतामूलक समाज निमाणका लागि मानसिक बिराम भएका मानिसमाथि लाञ्छना र भेदभावलाई मर्यादित र सम्बोधन गर्नुपर्ने बताए ।

उनले भने,‘समाजमा व्याप्त गरिबी, जातीय लैङ्गिक भेदभाव अपेक्षा अनुरूपको जीवनशैली बाँच्न नसक्नु सांस्कृतिक रुपमा अराजकता बढ्दै जानुजस्ता समस्याले मानसिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव परिरहेको छ । यस्ता प्रचलनहरु अन्यायपूर्ण र संविधान प्रदत्त मौलिक अधिकारविरुद्ध छ । त्यसैले मानसिक स्वास्थ्य सँग जोडिएका अज्ञानता अन्धविश्वास लाञ्छनालाई न्यूनीकरण गर्न थप प्रभावकारी पहल अगाडि बढाउन जरुरी छ ।’

मानसिक स्वास्थ्य समस्याले दैनिक १९ जनाले ज्यान गुमाउनु परेको दुस्खद् अवस्था भएको उनको भनाइ छ ।

हरेक वर्षको अक्टोबर १० मा यो दिवस यसवर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि मूलक कार्यक्रम गरी मनाइँदै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका