जोडिनुहोस
  • होमपेज
  • दुर्गा प्रसाईँका कार्यकर्ताको गिरफ्तारीमा राजेन्द्र लिङ्देनको आपत्ति

दुर्गा प्रसाईँका कार्यकर्ताको गिरफ्तारीमा राजेन्द्र लिङ्देनको आपत्ति

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण विरोध प्रदर्शनमा सहभागीहरुलाई सरकारले धरपकड गर्नु मौलिक हकविपरीत कार्य भएको बताएका छन् । प्रहरीले शुक्रबार दुर्गा प्रसाईँका समर्थकहरुलाई तीनकुनेमा प्रदर्शन गर्न खोज्दा पक्राउ गरेपछि लिङ्देनले आपत्ति जनाएका हुन् । साथै प्रसाईँलाई नजरबन्दमा राखिएको लिङ्देनको आरोप छ ।

अध्यक्ष लिङ्देन भन्छन्, ‘शान्तिपूर्ण ढङ्गले हिँडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरीत आज काठमाडौंमा भइरहेको धरपकड र नजरबन्द जस्ता घटनाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हक विरुद्धका काम हुन् ।’ धरपकड र कुनै पनि प्रकारको दमनले समस्याको समाधान ननिस्कने बताउँदै लिङ्देन भन्छन्, ‘सरकारले आफूलाई तत्काल सच्याओस् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका