जोडिनुहोस
  • होमपेज
  • गाजामा मृत्यु हुनेको सङ्ख्या बढेर २ हजार २१५ पुग्यो

गाजामा मृत्यु हुनेको सङ्ख्या बढेर २ हजार २१५ पुग्यो

एक साताअघि दक्षिणी इजरायलमा हमासले आक्रमण गरेको बदलामा गाजा क्षेत्रमा इजरायलले गरेको कारवाहीमा मृत्यु हुनेको सङ्ख्या बढेर २ हजार २ सय १५ पुगेको छ ।

इजरायली हमलामा परी मृत्यु हुनेमा ७ सय २४ जना बालबालिकासमेत रहेको प्यालेस्टिनी अधिनस्थ क्षेत्रको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले शनिबार बताएको छ । मन्त्रालयले हमलामा मारिनेहरूमा चार सय ५८ महिला रहेको जनाएको छ । हमलामा आठ हजार सात सय १४ जना घाइते भएका छन् ।

यसअघिको विज्ञप्तिमा मन्त्रालयले पछिल्लो २४ घन्टामा मात्र कम्तीमा तीन सय २४ जना मारिएको जनाएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका