जोडिनुहोस
  • होमपेज
  • प्यानल बनाएर निर्वाचनमा गए सह्य हुँदैनः ईश्वर पोखरेल

प्यानल बनाएर निर्वाचनमा गए सह्य हुँदैनः ईश्वर पोखरेल

विराटनगर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानल बनाएर निर्वाचनमा गए सह्य नहुने बताएका छन् ।

एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको शुक्रवार उद्‌घाटन कार्यक्रममा उनले सहमतिमा नेतृत्व चयन नभए मित्रवत प्रतिस्पर्धा गर्न निर्देशन दिँदै पार्टीभित्र गुट बनाउन कसैलाई छुट नभएको बताएका छन् ।

प्यानल बनाएर निर्वाचनमा गए नेतृत्वले सहन नसक्ने उनले बताए । अहिलेको अवस्थामा पार्टी नेतृत्वको निर्देशन अटेर गरेर अगाडि बढ्ने छुट कसैलाई नभएको उनले बताए । पार्टी भित्रको सङ्गठनात्मक अराजकता हटाउनु पर्ने बताउँदै उनले दक्षिणपन्थी अवसरवाद पनि चुनौतीको रुपमा आएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका