जोडिनुहोस
  • होमपेज
  • कम रेक्टरको भूकम्प जाँदा पनि जाजरकोटमा किन भयो बढी मानवीय क्षति ?

कम रेक्टरको भूकम्प जाँदा पनि जाजरकोटमा किन भयो बढी मानवीय क्षति ?

काठमाडौं । गत वर्ष डोटीमा गएको ६.६ रेक्टरस्केलको भूकम्प जाँदा ६ जनाको मात्र मृत्यु हुँदा अहिले जाजरकोटमा ६.४ रेक्टरस्केलको भूकम्प जाँदा १५८ जनाको मृत्यु भएको छ । यसो हुनुका कारणबारे भूकम्पविदहरुले विभिन्न कारण औल्याउनुभएको छ ।

२०७२ मा गोरखा बारपाकपछि जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रबार राति सबैभन्दा बढी मानवीय क्षति गर्ने भूकम्प गएको छ । २०७२ सालमा गएको भूकम्पमा परी नौ हजार बढीको मृत्यु भएको थियो । २२ हजार बढी घाइते भएका थिए ।

यो भूकम्पपछि सयौँ साना पराकम्पहरु गएका थिए । तर ठूलो मानवीय क्षति गर्नेगरी पश्चिम नेपालको जाजरकोट केन्द्रविन्दु भएर ६।४ रेक्टरस्केलको भूकम्प गयो । गृह मन्त्रालयको तथ्यांकअनुसार यस भूकम्पमा अहिलेसम्म १५८ जनाले ज्यान गुमाइसकेका छन् । ३५७ जना घाइते भएका छन् ।

जाजरकोट सदरमुकाम खलंगामा दर्जनौँ घरहरु भत्किएका छन् । भूकम्पलगत्तै ४ रेक्टरस्केल माथिका चारवटा पराकम्पनहरु गइसकेका छन् । ४ रेक्टरमुनिका ३११ वटा पराकम्पहरु गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गोरखा बारपाक केन्द्रविन्दु बनाएर गएको भूकम्प दिउँसोको समय र सार्वजनिक बिदाको दिन परेका कारण बढी ठूलो क्षति हुन पाएन । तर जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्प मध्यरातमा गएकाले मानिसहरु ओछ्यानमै रहेकाले बढीको ज्यान गएको आँकलन गरिएको छ ।

भूकम्प गएपछि धेरै मानिस घरबाहिर निस्कन सकेनन् । केही मानिसहरु मात्र भागेर ज्यान जोगाउन सफल भए । भूकम्पका कारण प्रायजसो परम्परागत घर तथा कच्ची घरमा बढी क्षति पुगेको देखिएको छ । गतवर्ष डोटीलाई केन्द्रविन्दु बनाएर ६।६ रेक्टरस्केलको भूकम्प गएको थियो ।

गतवर्ष कात्तिक २२ गते राति २ः१२ बजे गएको भूकम्पमा परी डोटीमा मात्र ६ जनाको ज्यान गएको थियो । भौतिक संरचनामा धेरै क्षति पुर्याएको थिएन । यो समाचार गोरखापत्र दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका