जोडिनुहोस
  • होमपेज
  • भारतद्वारा राहत सामग्रीको दोस्रो खेप हस्तान्तरण

भारतद्वारा राहत सामग्रीको दोस्रो खेप हस्तान्तरण

नेपालका भूकम्प प्रभावित परिवारहरुका लागि आपतकालीन राहत सामग्रीको दोस्रो खेप भारत सरकारको तर्फबाट भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्री प्रसन्न श्रीवास्तवले नेपालगञ्जका मेयर श्री प्रशान्त विष्टको उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्री श्रवण कुमार पोखरेललाई हस्तान्तरण गर्नुभयो ।

अत्यावश्यक चिकित्सा तथा सरसफाई सामग्री, त्रिपाल, स्लीपिङ्ग ब्याग र कम्बल सहितको ९ टन राहत सामग्री भारतीय वायुसेनाको विशेष विमान सी–१३० ले नेपालगञ्ज ल्याइपुर्याएको थियो ।यी राहत सामग्रीको हस्तान्तरण यही कार्तिक १७ गते जाजरकोटमा गएको भूकम्पपछि नेपाल सरकारलाई सहयोग गर्ने भारत सरकारको प्रयासको एक हिस्साको रुपमा रहेको छ ।

त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ्ग ब्याग, अत्यावश्यक औषधी र चिकित्सा उपकरण सहितको ११ टन भन्दा बढी आपतकालीन राहत सामग्रीको पहिलो खेप भारतले नेपाल सरकारलाई कार्तिक १९ गते हस्तान्तरण गरेको थियो ।जाजरकोटको भूकम्पले निम्त्याएको यो मुस्किल घडीमा नेपाल सरकारलाई हरसम्भव सहयोग प्रदान गर्न भारत तयार छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका