जोडिनुहोस
  • होमपेज
  • क्वानडाविरुद्ध नेपालले दियो २ सय १७ रनको लक्ष्य

क्वानडाविरुद्ध नेपालले दियो २ सय १७ रनको लक्ष्य

क्यानडा-११ विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ले २ सय १७ रनको लक्ष्य दिएको छ ।

काठमाडौँको मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय १६ रन बनायो । नेपालका लागि बसिर अहमदले सर्वाधिक ५० रनको अर्धशतक पूरा गरे । यस्तै, राशिद खानले ४०, मायन यादवले ३६, किरण ठगुन्नाले २५, विवेक यादवले २३ र सन्दीप जोराले १४ रन बनाए । क्यानडका कप्तान साद बिन जाफले सर्वाधिक ३ विकेट लिए । यस्तै, इश्वरजीत सोहीले दुई तथा डिलोन हेलिगर, हर्ष ठेकर र शाहिद अहमदजाइले एक–एक विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका