जोडिनुहोस
  • होमपेज
  • एटिएम मेसिन तोडफोड गर्ने भारतीय नागरिक पक्राउ

एटिएम मेसिन तोडफोड गर्ने भारतीय नागरिक पक्राउ

एटिएम मेसिन तोडफोड गर्ने एकजना भारतीय नागरिकलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । पोखरा महानगरपालिका–८ सभागृह हल अगाडि रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा भारत बिहार घर भई हाल पोखरा महानगरपालिका– ९ नयाँबजार बस्ने २० वर्षीय रवि ठाकुर पसीलाई प्रहरीले पक्राउ गरेको हो।

पसीले एटिएम मेसिनको पैसा निस्कने ठाउँ र बक्सको बाहिरी लकमा फलामको रड छिराई क्षति पुर्‍याएको भन्ने सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट सभागृहबाट खटिएको प्रहरीले एटिएम बुथ नजिकै भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनको साथबाट पेचकस १ थान, रड १ थान र कैँची १ थान बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

धेरै टिप्पणी गरिएका