जोडिनुहोस
  • होमपेज
  • अमेरिकी सैन्य विमान दुर्घटनाहुँदा ५ जनाको मृत्यु

अमेरिकी सैन्य विमान दुर्घटनाहुँदा ५ जनाको मृत्यु

काठमाडौं । पूर्वी–भूमध्य सागरमा अमेरिकी सेनाको सैन्य विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

नियमित अभ्यासमा रहेको सैन्य दुर्घटनामा चालक दलका सबै ५ जनाको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ। उडानमै इन्धन भर्ने क्रममा लडाकु जहाज दुर्घटनामा परेको हो।

सेनाले दुर्घटनास्थलको विस्तृत विवरण सार्वजनिक नगरेको बीबीसीले उल्लेख गरेको छ। गत महिना अमेरिकाले दुईवटा विमान बाहक युद्धपोत तथा लडाकु जेट भूमध्य सागरमा परिचालन गरेको थियो।

इजरायल र गाजाबीच संघर्ष जारी रहँदा अमेरिकाले आफ्नो ठूलो सैन्य शक्ति भूमध्ये सागरमा परिचालन गरेको अनुमान गरिएको छ।

विशेषगरी अमेरिका गाजा संघर्षमा लेबनानको हिजबुल्लाह समूहलाई रोक्न सचेत देखिएको छ। यो समूहलाई इरानको समर्थन छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका