जोडिनुहोस
  • होमपेज
  • सरकारले राष्ट्रपतिलाइ खोपीको राजा बनाएको छ- ओली

सरकारले राष्ट्रपतिलाइ खोपीको राजा बनाएको छ- ओली

काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई खोपीको राजा बनाएको आरोप लागेको छ । प्रतिनिधिसभाका जारी बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सो आरोप लगाएका हुन ।

अघिल्लो संसदले पठाएको नागरिकता बिद्येयकमा उल्लेख भएका राष्ट्रपति बिद्यादेवी भण्डारीको नाम काटेर हालका राष्ट्रपतिलाई बिद्येयक प्रमाणित गर्न लगाएको उनको आरोप छ ।

‘पहिलाको संसदले, पहिलाको राष्ट्रपतिलाई पठाएको बिद्येयकमा नाम काटेर बिद्येयक प्रमाणीकरण गर्न लगाएका छन, ज्यानमाराहरुलाई जेलबाट निकालेको छ, ज्यानमाराहरु शानसहित लावालस्कर लगाएर हिडेको देखियो,’ ओलीले भने, ‘राष्ट्रपतिलाई यो सरकारले खोपीको राजा बनाएको छ, क्याबिनेटको आदेशमा राष्ट्रपतिलाई चलाएको छ ।’

सरकारको नेतृत्वको दल र सत्ता गठबन्धनमा आबद्ध दलले कोशी सरकार निमार्णमा तमासा देखाएको पनि उनको आरोप छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले सुशासन अभियान चलाउने भन्दै झुटो बोलेको आरोप लगाएका हुन् ।

ओली सरकारप्रति आक्रामक हुदै एक क्विन्टल सुन तस्करी गर्नेलाई छोडिएको तर अस्पताल चलाएर, जनताबाट निर्वाचित सांसद सुनिल शर्मालाई पक्राउ गरेर जेल हाल्नु सरकारको सुशासन यहि हो रु भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका छन् ।

ओलीले सरकारको विरुद्ध बोले बापत सांसद अमरेश कुमार सिंहलाई पुर्जी जारी गरिएको र सम्पति छानबिन गर्ने पत्र दिइएको भन्दै सरकारको आलोचना गरेका छन् ।

सरकारले सांसदहरुलाई थर्काउन र तर्साउने काम गरेको भन्दै ओलीले गठबन्धनले सरकार टिकाउने जे पनि गरिरहेको आरोप लगाएका छन् ।

उनले राष्ट्र हितमा एक हुन आव्हान गर्दै विकासका लागि विभाजित नहुन आग्रह समेत गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका