जोडिनुहोस
  • होमपेज
  • बंगलादेशमा पहिलो हरियो मल कारखाना सुरु

अन्तर्राष्ट्रिय

बंगलादेशमा पहिलो हरियो मल कारखाना सुरु

  • Sagarmatha TV
  • बुधबार, कार्तिक २९, २०८०
बंगलादेशमा पहिलो हरियो मल कारखाना सुरु

काठमाडौं – बंगलादेशले बीआरआई परियोजनाअन्तर्गत बनाइएको पहिलो हरियो मल कारखाना सुरु गरेको छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नरसिङदी जिल्लामा एक समारोहमा देशको सबैभन्दा ठूलो र पहिलो हरियो मल कारखाना घोराशाल–पोलास युरिया उर्वरक परियोजना (जीपीयूएफपी) को उद्घाटन गरेकी हुन् ।

कारखानामा चाइना नेसनल केमिकल इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन कर्पोरेसन सेभेन लिमिटेडका करिब एक हजार चिनियाँ कर्मचारी छन् । (सीसीजेड)ले आफ्नो जापानी साझेदार मित्सुबिसी हेभी इन्डस्ट्रिज (एमएचआई) संगको सहकार्यमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई निर्धारित समयअनुसार सम्पन्न गर्न २०२० देखि काम गरेको थियो ।

८ लाख मेट्रिक टन युरिया र ५ लाख मेट्रिक टन एनहाइड्रस अमोनियाको अनुमानित वार्षिक उत्पादन क्षमताको साथ, राजधानी ढाकाबाट करिब ५१ किलोमिटर उत्तरपूर्वी नरसिङदी जिल्लामा रहेको कारखानाले बंगलादेशको बढ्दो माग पूरा गर्न मद्दत गर्ने अधिकारीहरूले बताए ।

उद्घाटन समारोहमा बोल्दै हसिनाले कार्बनडाइअक्साइड समात्ने यो बंगलादेशको पहिलो मल प्लान्ट हुने बताइन् । कैद गरिएको कार्बनडाइअक्साइडले पनि देशमा युरिया मलको उत्पादन १० प्रतिशतले बढाउन मद्दत गर्ने उनको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका