जोडिनुहोस
  • होमपेज
  • हेटौंडा–ढल्केबर प्रसारण लाइनको सब-स्टेशन बनाउन मुआब्जा वितरण सुरु

हेटौंडा–ढल्केबर प्रसारण लाइनको सब-स्टेशन बनाउन मुआब्जा वितरण सुरु

काठमाडौँ । हेटौंडा–ढल्केबर–दुहबी ४०० केभी प्रसारण लाइनका लागि चाहिने जग्गा अधिग्रहण सुरु भएको छ । आज आयोजनाले गोरखापत्रमा सूचना जारी गर्दै १५ जग्गा अधिग्रहणको काम सुरु भएको र १५ दिनभित्र दाबी गर्न आउन भनेको हो ।

विश्व बैंकको सहयोगमा बनाउन लागिएको यो आयोजनाको इनरुवा सब–स्टेशन बनाउन सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ का बासिन्दालाई मुआब्जा लिन आग्रह गरिएको हो । यस क्षेत्रमा पर्ने जग्गा, जग्गामा पर्ने घर टहरा, पर्खाल, बालिनाली, रुख तथा अन्य संरचनासमेत अवस्थाअनुसारको दाबी गर्न भनिएको छ ।

यो सूचना प्रकाशन भएको १५ दिनभित्र आ–आफ्नो हकदैया वा भोगचनलसम्बन्धी सबुत निस्सा तथा प्रमाणसहित १० रुपैयाँको टिकट टाँसेर निवेदन दिन अनुरोध गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका