जोडिनुहोस
  • होमपेज
  • चीनमा कोइला खानी भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु

चीनमा कोइला खानी भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु

बेइजिङ– चीनमा आगलागीमा परी ११ जनाको मृत्यु भएको छ । चीनको लुलियाङ प्रान्तको शान्सी प्रान्तमा रहेको एक कोइला कम्पनीको भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको हो ।

यो घटना स्थानीय समय अनुसार बिहान करिब ७ बजेको हो। उक्त घटनापछि हालसम्म भवनबाट ६३ जनालाई बाहिर निकालिएको छ, जसमध्ये ५१ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थल नजिकै उद्धार कार्य जारी छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका