जोडिनुहोस
  • होमपेज
  • मौसमः कोशी र गण्डकी प्रदेशका उच्च क्षेत्रमा हिमपात हुने

मौसमः कोशी र गण्डकी प्रदेशका उच्च क्षेत्रमा हिमपात हुने

काठमाडौँ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले बिहान देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जानकारी गराएको छ ।

यस्तै, राति देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले देशभरको तापक्रम क्रमिक रुपमा घटिरहेकाले त्यसबाट हुने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ३० मिनेटमा हुनेछ भने सूर्यास्त साँझ ५ बजेर ९ मिनेटमा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका