जोडिनुहोस
  • होमपेज
  • बल्खुमा झडप र ढुंगामुढापछि स्थिती नियन्त्रणमा

बल्खुमा झडप र ढुंगामुढापछि स्थिती नियन्त्रणमा

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहका व्यक्तिहरूले बल्खु चोकमा ढुंगामुढा गरेका छन् ।

प्रदर्शनका लागि जम्मा भएका व्यक्तिहरूले एक्कासी ढुंगामुढा गरेका हुन् । प्रसाईं समूहको तोडफोडबाट बल्खु आसपासमा केही संरचनामा क्षति पुगेको छ । अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ ।

बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ । बल्खुमा विभिन्न ठाउँबाट जुलुससहित प्रदर्शनकारी आइरहेका छन् । आज दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शन गर्न लागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका