जोडिनुहोस
  • होमपेज
  • अवैध ४ किलो सुनसहित पक्राउ परेकाहरुमाथि संगठित अपराध मुद्दामा अनुसन्धान जारी

अवैध ४ किलो सुनसहित पक्राउ परेकाहरुमाथि संगठित अपराध मुद्दामा अनुसन्धान जारी

काठमाडौं । दोलखाको सिंगटीबाट ४ किलो सुन सहित पक्राउ परेकामाथि प्रहरीले संगठित मुद्दामा अनुसन्धान थालेको छ । अवैध रुपमा सुन तस्करी गरेको आरोपमा बिगु गाउँपालिका–१ बस्ने २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङ प्रहरीले गत बुधबार पक्रउ गरेको थियो । ४ किलो सुन सहित ५ जनालाई जिल्ला प्रहरी कार्यालय दोलखा र इलाका प्रहरी कार्यालय सिंगटीको टोलीले पक्राउ गरेको हो ।

दोलखाका डिएसपी दीपक खड्काका अनुसार आरोपितहरू विरुद्ध भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन–२०७० विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको हो । बिगु गाउँपालिका–३ जामुनेमा डेरा गरेर बस्ने केशर तामाङसमेतले अवैध रुपमा तस्करी गरेर ल्याएको सुन लुकाएर राखेको सुराक पाएपछि प्रहरीले केशर बहादुर तामाङको कोठा सर्च गर्दा सुन भेटिएको खड्काले बताए । केशर, पेम्बा र माधवको बयानका आधारमा नुर्वु छिरिङ र सुनमाला बिहीबार भीमेश्वर नगरपालिका–६ स्थित शुभकामना होटलबाट पक्राउ गरेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?