जोडिनुहोस
  • होमपेज
  • अहिले पनि श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भयो  ओली

अहिले पनि श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भयो  ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकमा अन्योल र निराशा बढेर विदेश पलायन हुँदै जाँदा प्रतिक्रियावादी शक्तिहरू सल्बलाउन थालेको जिकिर गर्नुभएको छ । आज बिहीवार बैतडीको गोठलापानीमा आयोजित महाकाली–मेची अभियानअन्तर्गतको सभामा अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले अहिले राजाको शालिक बनाएर श्री ५ महाराजधिराज लेखी असंवैधानिक काम भइरहेको टिप्पणी गर्नुभयो । उहाँले गणतन्त्रको विरोध गर्ने दुःसाहसी काम भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नागरिकमा अन्योल र निराशा बढ्दै जाँदा नागरिक विदेशतिर पलायन हुँदै गएको हुनाले अहिले प्रतिक्रियावादी प्रतिगामी शक्तिहरू मौका आउँछ कि भनेर दुलाबाट टाउको निकालेर फेरि सलबलाउन खोजेका छन् । अहिले राजाको शालिक बनाएर श्री ५ महाराजधिराज भनेर लेखेर तमासा गर्ने असंवैधानिक काम भइरहेको छ । गणतन्त्रको विरोध गर्ने, त्यो दुःसाहसी काम भइरहेको छ । हामी पछाडि फर्किन सक्दैनौँ, फेरि हामी रैति हुन सक्दैनौँ ।’ अध्यक्ष ओलीले अब गरिबी, अभाव, भोकमरीको अन्त्य गर्नुपर्ने र त्यो काम सरकारको भएको उल्लेख गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका