जोडिनुहोस
  • होमपेज
  • सुनको भाउमा लगातार नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा लगातार नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ- नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड राख्ने क्रम जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख २१ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा आजको मूल्य ८०० रुपैयाँले बढी हो । जुन अहिले सम्मकै उच्च मूल्य हो ।

त्यस्तै सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार चाँदी प्रति तोला १५४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका