जोडिनुहोस

अन्तर्राष्ट्रिय

बङ्लादेशमा रेल दुर्घटना

  • Sagarmatha TV
  • बुधबार, मंसिर २७, २०८०
बङ्लादेशमा रेल दुर्घटना

बङ्गलादेशको राजधानी ढाका नजिकै रेल दुर्घटना भएको छ । ढाकाको बाहिरी भागस्थित गाजापुरीमा बुधबार रेल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार बुधबार बिहान ४ बजे भएको दुर्घटनामा करिब आठ जना घाइते भएको स्थानीय जोयदेवपुर रेलवे स्टेशनका प्रमुख हनिफ अलीले बताए ।

उनका अनुसार ‘इन्जिनसहित रेलका सातवटा ‘बोगी’ लिकबाट बाहिरिएपछि एक जनाको घटनास्थलमै मृत्यु भएको हो । रेल दुर्घटनाको कारण राजधानी ढाकाबाट देशका अन्य भागहरूमा घन्टौंसम्म रेल सेवा अवरुद्ध भएको थियो ।

विपक्षीहरूको आन्दोलनका कारण गाजीपुरमा रेलवेको तोडफोड तथा कटान गरिदिएपछि रेल पटरीबाट खसेको अधिकारीहरूले बताएका छन् ।

विपक्षी आन्दोलनले ढाका लगायत दक्षिण एसियाली देशमा अक्टोबरको अन्त्यदेखि लगभग हरेक दिन प्रहरी – मजदुर झडप तथा सवारीसाधनमा तोडफोड र आगजनीका घटना भइरहेका छन् ।

बङ्लादेशको प्रमुख प्रतिपक्षी दल बङ्लादेश नेसनलिस्ट पार्टी बीएनपी तथा सहयोगीले निर्वाचन आयोगले देशको १२ औं संसदीय निर्वाचनको कार्यतालिका घोषणा गरेपछि मङ्गलबार बिहानदेखि ३६ घण्टाका लागि देशव्यापी सडक, रेलमार्ग र जलमार्ग अवरुद्ध गरेको छ ।

विपक्षी दलहरूले असोज अन्तिमदेखि आह्वान गरेको यो ११ औं चरणको विरोधको कार्यक्रम हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका