जोडिनुहोस
  • होमपेज
  • पाँच महिनामा दुई हात्ती मृत फेला

पाँच महिनामा दुई हात्ती मृत फेला

बनियानी (झापा)। बाह्रदशी गाउँपालिका – १ स्थित बागमतामा आज जङ्गली हात्ती मृत फेला परेको छ । सो स्थानमा भाले हात्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

हात्ती नगेन्द्र राईको बारीको सुठुनी खाएर सोही स्थानको तोरी बारीमा मृत अवस्थामा फेला परेको उनले बताए । हात्तीको शरीरमा बाहिरी चोट पटक देखिएको छैन । घटनास्थलमा डिभिजन वन कार्यालय झापाका कर्मचारीले अनुसन्धान तथा कानुनी प्रक्रिया सुरु गरेका छन् ।

झापामा चालु आर्थिक वर्षमा योसहित दुई वटा हात्ती मृत फेला परिसकेका छन् । हात्तीको आक्रमणमा परी हालसम्म दुई जनाको मृत्यु भएको डिभिजन वन कार्यालय झापाका वन अधिकृत ऋषि पराजुलीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका